Premier Cables
Premier Steel

राजनीति

विद्या भण्डारी : पार्टी सदस्य भएको ४५ वर्ष पुग्यो, नवीकरण रोक्न मिल्दैन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | साँझ ४:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा एमालेको पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेको भन्दै त्यसलाई नवीकरणबाट रोक्न नमिल्ने स्पष्ट पारेकी छन्।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले तीव्र प्रतिक्रिया दिएकी हुन्।

बिज्ञापन

“म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो, अहिले ४५ वर्ष पुग्यो,” उनले भनिन्, “यस्तो अवस्थामा मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न मिल्दैन।”

उनले यस्तो निर्णयले पार्टीको साखमा गम्भीर असर पार्ने चेतावनी दिइन्। “आवेग र उत्तेजनामा आधारित निर्णयले अस्थायी रूपमा सत्यलाई प्रभावित पार्न सकिए पनि वास्तविकतालाई छोप्न सकिन्न,” उनले भनिन्, “छलफलसहित विवेकपूर्ण निर्णय लिनुपर्छ भन्ने नै पार्टी र जबजको मर्म हो।”

भण्डारीले पार्टी निर्माणमा हजारौं कार्यकर्ताको रगत–पसिना बगेको स्मरण गर्दै आफू भावनामा बगेर बोलेको होइन भन्ने प्रष्ट पारिन्।

“यो पार्टी बनाउन म लगायत हजारौं योद्धाले योगदान दिएका छन्। म जुन कुरा भन्दै छु, त्यो कुनै भावनाको आवेगमा होइन,” उनले भनिन्।

उनले पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त विपरीत गरिएका निर्णयहरू वैध र परिपक्व नहुने पनि बताइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka