Premier Cables
Premier Steel

कोशी प्रदेश

करेन्ट लागेर झापा र सुनसरीमा दुई जनाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | अपराह्न १:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानका लागि फलामको डण्डी मिलाउने क्रममा डण्डी विद्युत्को नाङ्गो तारमा छोएपछि दुई जना कामदार करेन्ट लागेर घाइते भएका थिए।

बिज्ञापन

घटनामा बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका थिए। दुवैजनालाई तत्काल उपचारका लागि इनरुवा अस्पताल लगिएकोमा नन्द कुमार चौधरीको उपचारको क्रममा मृत्यु भएको हो। श्रवण चौधरीलाई भने थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको छ।

झापाको गौरादह नगरपालिका–७ की ७७ वर्षीया तेज कुमारी उप्रेतीको पनि करेन्ट लागेर ज्यान गएको छ। आफ्नै गाईगुइँठा रहेको ठाउँमा कुटी काट्ने क्रममा अचानक विद्युत् सट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa