Premier Cables
Premier Steel

समाचार

कवाडी गोदाममा आगलागी, नियन्त्रण प्रयास जारी

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरी जिल्लाको दुहबी नगरपालिका–३ स्थित एक कवाडी गोदाममा भीषण आगलागी भएको छ। स्थानीय व्यवसायी अमित जैसवालद्वारा सञ्चालित उक्त गोदाममा बिहीबार दिउँसो अचानक आगो लागेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण, सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार आगो नियन्त्रणमा लिन सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी सक्रिय रुपमा खटिएका छन्। आगो नियन्त्रणको प्रयासमा इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र कोसी गाउँपालिकाबाट आएका तीनवटा दमकल प्रयोग गरिएको छ।

अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण पनि सार्वजनिक भएको छैन। गोदाममा रहेको सामान अत्यधिक ज्वलनशील भएकाले आगो नियन्त्रणमा चुनौती भएको बताइएको छ। घटनास्थलमा उद्धार र नियन्त्रण कार्य जारी छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले आगो फैलिन नदिन भरपूर प्रयास गरिरहेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka