Premier Cables
Premier Steel

राजनीति

मधेशमा भोलि सार्वजनिक बिदा, जेठमा पनि एकदिन बिदा थपियो

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २१, २०८२  | साँझ ६:२६ बजे

मधेश प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘

बिज्ञापन

चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिनमा धेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधवार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka