Premier Cables
Premier Steel

विराटनगर समाचार

जोखिमपूर्ण अभियानकाे नेतृत्व गर्ने दुई जनालाई उत्कृष्ट प्रहरी ‘अवार्ड’

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | राती ९:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाका लागि ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास अधिकारीलाई उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको हो।

प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता, जोखिमपूर्ण अभियानमा नेतृत्व र साहसका लागि यो सम्मान प्राप्त गरेका हुन्। चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक जना र कार नियन्त्रणमा लिइएको थियो।

त्यसैगरी, भद्रपुर–७ मा प्रहरीले ६ राउन्ड गोली फायर गरेर २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्‍यो। झापा गाउँपालिका–४ मा साइकलमार्फत लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा १६७ ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको थियो।

त्यस्तै, प्रहरी नायब निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेका थिए। साथै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न अभियोगमा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्दै उनले उल्लेखनीय सफलता हासिल गरेका थिए।

लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि अधिकारीको भूमिकालाई प्रहरी कार्यालयले उच्च मूल्यांकन गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka