Premier Cables
Premier Steel

अर्थ विराटनगर

साेमबारदेखि विराटनगरका सबै सुनचाँदी पसल बन्द !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, साउन ०४, २०८२  | राती ८:५८ बजे

विराटनगर । नेपाल सरकारद्वारा हालै लागू भएको अत्यधिक करका लागि गरिएको प्रचार वा कार्यान्वयन विपरीत असहमति रहने भन्दै विराटनगरका सुनचाँदी व्यवसायीले पसल बन्द गर्ने निर्णय गरेका छन् ।

नेपाल सुन चाँदी व्यवसायी संघ, मोरङ विराटनगरले साेमबारदेखि सबै पसल बन्द गर्ने जनाएकाे हो ।

बिज्ञापन

संघका महासचिव कमलेश अग्रवालले हालै सम्पन्न पत्रकार सम्मेलन, छलफलहरू र सम्पूर्ण सदस्यहरुको उपस्थितिमा गरिएको निर्णयअनुसार सोमबारदेखि अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण सुन चाँदी व्यवसाय बन्द राख्ने निर्णय गरिएको जनाएका छन्।

सोही अनुसार व्यवसाय आ–आफ्नो पसल बन्द राख्न संघले अपिल गरेकाे छ । व्यावसायीले सरकारले साउन १ गतेदेखि लागू गरेकाे विलासिता कर खारेजीकाे माग गर्दै आन्दाेलन गरिरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka