Premier Cables
Premier Steel

विराटनगर

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, भने – कम्युनिष्ट आन्दोलनमा लागेर पढ्न सकिएन्

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, साउन ०२, २०८२  | अपराह्न ३:१२ बजे

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन् । आफूलाई पार्टी प्रवेश गर्न चार वर्ष लागेको उनको प्रतिक्रिया छ ।

शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा गौतमले भने, म चार वर्षपछि समाजवादीमा आएको छु।

बिज्ञापन

‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ गौतमले भने, ‘म ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको हुँ । त्यो गणना गर्दा ७० वर्ष भएछ । अहिले ७७ वर्षको छु ।’

उनले पार्टीको झन्डा बोकेर लामो समय भूमिगत संघर्षमा बिताएको स्मरण गरे। “मैले कम्युनिस्ट पार्टीको झन्डा फहराएँ, कहिल्यै झुक्न दिएनँ,” गौतमले भने, “१९/२० वर्ष भूमिगत रही पार्टीको काममा लागेको हुँ। यस क्रममा पढाइमा ध्यान दिन सकिनँ।”

उनले एसएलसी थर्ड डिभिजनमा पास गरेको उल्लेख गर्दै आफू पार्टीमै समर्पित भएको बताए।

त्यस्तै, माओवादी केन्द्र र एमालेबीच भएको एकता आफ्नो लागि खुशीको क्षण भए पनि त्यो एकता टिक्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka