Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

अमेरिकी डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, बैशाख २१, २०८२  | बिहान ११:२० बजे

अमेरिकाको इ–डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० बजे) सन २०२६ को इ–डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले इ–डिभीको नतिजा अनलाइनमा हेर्न सकिने जनाएको छ । नयाँ विजेताहरुले आगामी अक्टोबर एकदेखि भिसा पाउन सुरु गर्नेछन । उनीहरूले सन २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नु पर्नेछ । अमेरिकी विद्यमान कानुनअनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन ।

बिज्ञापन

गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ–डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ–डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२६ का आवेदकहरुलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुपर्नेछ ।

डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार डिभीका लागि छनौट नभएमा तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ (सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

डाइभर्सिटी भिसा लोटरी कार्यक्रम अध्यागमन र राष्ट्रियता ऐन द्वारा स्थापित गरिएको थियो, यसको समाप्ति वा परिमार्जन केवल संसदले बिल पारित गरेमामात्र सम्भव छ । सन् १९९५ देखि ५७ हजार भन्दा बढी नेपालीहरूले डिभी चिठ्ठा मार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रीनकार्ड प्राप्तकर्ताहरूको २५ प्रतिशत भन्दा बढी हो । नेपालीहरूलाई विश्वभर डिभी लोटरीबाट ग्रीन कार्ड प्राप्त गर्नेहरूमध्ये शीर्ष स्थानमा रहेका छन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka