Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

सरकार र चिकित्सकबीच पुनः सहमति

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शनिबार, बैशाख २०, २०८२  | राती ८:३८ बजे

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच शनिबार भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो ।

बिज्ञापन

चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता आएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको जानकारी दिए ।

त्यस्तै अतिरिक्त सेवा सुविधा, बिदालगायतका विषयमा कार्यदल गठन गरेर १५ दिनभित्र सेवा सुविधा निर्धारण गर्ने सहमति भएको उनले बताए । सरकारको प्रतिबद्धता आएसँगै आफूहरुले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगत गरेको उनले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले आन्दोलनरत पक्षसँग निरन्तर छलफलपछि सहमति भएको र चिकित्सकहरु अस्पतालमा फर्कने वातावरण तयार भएको बताए ।

यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो, तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सकहरु आन्दोलनमा थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka