Premier Cables
Premier Steel

राष्ट्रिय

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९ पुग्यो ,१९ जना अझै बेपत्ता

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, असार २५, २०८२  | बिहान १०:१२ बजे

रसुवा । चीनबाट एकाएक आएको बाढीका कारण रसुवागढी क्षेत्रमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बाढीले बगाएका उनीहरुको शव विभिन्न स्थानमा फेला परेको हो ।

बिज्ञापन

मंगलबार बिहानको आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र १६ जना सर्वसाधारण छन् । यस्तै घटनामा फसेका ५७ जनाको उद्धार भएको छ ।

यस्तै प्रहरीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको जनाएको छ भने लोड गरिएको २४ वटा कन्टेनर डब्बा बगाएको छ । यस्तै ६ वटा सिनो ट्रक, ३५ वटा ईभी गाडी पनि बगाएको छ । यसैगरी भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ भने रसुवागढी हााइड्रोपावरको ड्याममा पनि बाढीले क्षति गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka