Premier Cables
Premier Steel

अपराध

मोरङमा अंश विवादका कारण देवरद्वारा भाउजूको हत्या

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश विवादको चरम अवस्थामा पुगेपछि एक देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।

६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या उनका देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले गरेका हुन्। मृतक टीकामाया बोल्न नसक्ने, इसाराबाट मात्रै कुरा गर्ने थिइन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, असार २१ गते दिउँसो टीकामायाको शव आफ्नै बारीमा फालिएको अवस्थामा फेला परेको थियो। शव परीक्षणमा टाउकोको पछाडि गम्भीर चोट देखिएको र सोही चोटका कारण मृत्यु भएको कोशी अस्पताल, विराटनगरका चिकित्सकले पुष्टि गरेका छन्।

पोस्टमार्टमपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा टंक र मृतकका श्रीमान् गणेशबहादुर बस्नेतबीच पुर्खौली सम्पत्तिको अंशमा लामो समयदेखि विवाद चलिरहेको खुलेको छ।

प्रहरीका अनुसार गणेश जेठी आमाका छोरा र टंक कान्छी आमाका संतान हुन्। अदालतले अंशमा गणेशले पनि बराबर अधिकार पाउने फैसला गरेपछि विवाद थप चर्किएको थियो। यही रिस र वैमनस्यताका कारण टंकले टीकामायाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनाको दिन घाँस काट्न गएकी टीकामायामाथि टंकले हँसियाको बिँडले टाउकोमा प्रहार गरेका थिए। यसअघि पनि उनले भाउजूलाई धम्की, गालीगलौज र दुर्व्यवहार गर्दै आएको पाइएको छ।

प्रहरीले टंकलाई घटनापछि सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको छ। हत्या प्रयोजनमा प्रयोग गरिएको हँसिया पनि उनको घरबाट बरामद गरिएको छ।

टंकविरुद्ध कर्तव्य ज्यानको अभियोगमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। घटनाको विस्तृत अनुसन्धान इन्स्पेक्टर अधिकारी नेतृत्वको टोलीले गरिरहेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka