Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतमा किन रोकेर राखियो बेलायतको लडाकु विमान ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | साँझ ६:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

तिरुवनन्तपुरम । ब्रिटेनको अत्याधुनिक लडाकु विमान एफ-३५बी विगत तीन हप्तादेखि भारतको केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ। अत्याधुनिक प्रविधिसहितको यो विमान जुन १४ मा आकस्मिक रूपमा त्यहाँ अवतरण गरेपछि अहिलेसम्म पनि प्राविधिक समस्याका कारण आफ्नो क्यारिअर जहाजमा फर्कन सकेको छैन।

ब्रिटेनको रोयल नेभीको प्रमुख क्यारिअर ‘एचएमएस प्रिन्स अफ वेल्स’ मा फर्कन खोज्दा खराब मौसमका कारण वैकल्पिक रूपमा भारतमा अवतरण गरिएको यो विमान हालसम्म पनि त्यहीँ रोकिएको छ। यद्यपि अवतरण सुरक्षित भए पनि त्यसयता आएको प्राविधिक समस्या समाधान हुन सकेको छैन।

बिज्ञापन

ब्रिटिश उच्चायोगले एक विज्ञप्तिमार्फत जानकारी दिँदै भन्यो, “ब्रिटेनले विमानलाई विमानस्थलको मर्मतसम्भार तथा ओभरहल क्षेत्रतर्फ सार्ने प्रस्ताव स्वीकृत गरेको छ। विशेषज्ञ उपकरणसहित इन्जिनियरिङ टोली भारत आइपुगेपछि विमानलाई ह्याङ्गरमा सारिनेछ, जसले अरू विमानहरूको नियमित सञ्चालनमा अवरोध नआउने सुनिश्चित हुनेछ।”

ब्रिटेनका अधिकारीहरूका अनुसार मर्मतपछि विमान सक्रिय सेवामा पुनः फर्कनेछ। साथै, विमानस्थलमा भारतीय अधिकारीहरूको समन्वयमा सुरक्षा र सावधानीसहित काम भइरहेको पनि जनाइएको छ।

तिरुवनन्तपुरम विमानस्थल प्रशासनका अनुसार आगामी शनिबार बेलायतबाट प्राविधिक टोली आउने अपेक्षा गरिएको छ। रोयल नेभीका छजना सदस्यहरूले ११ करोड अमेरिकी डलर बराबरको यो स्टिल्थ जेटलाई २४ सै घण्टा सुरक्षा दिइरहेका छन्।

यूकेका लागि विकल्पहरू के?
मुम्बईस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका रक्षा विश्लेषक डा. समीर पाटिलका अनुसार रोयल नेभीसँग दुईवटा विकल्प छन्: “या त विमानको मर्मत गरी उडानयोग्य बनाइन्छ, या सी-१७ ग्लोबमास्टरजस्ता ठूलो ट्रान्सपोर्ट विमानमार्फत बेलायत फर्काइन्छ।”

यो विषय बेलायतको संसद हाउस अफ कमन्समा समेत उठिसकेको छ। कन्जरभेटिभ सांसद बेन ओबेज-जेक्टीले सरकारसँग प्रश्न गरेका छन्— “विमानको सुरक्षाबारे के व्यवस्था छ? गोप्य प्रविधिहरू सुरक्षित राख्नका लागि सरकार के गर्दैछ?”

ब्रिटिस सशस्त्र फौजका मन्त्री ल्यूक पोलार्डले एफ-३५बी यथासम्भव यूकेको नियन्त्रणमा रहेको भन्दै ढुक्क हुन आग्रह गरे। उनले भने, “हामी भारतीय अधिकारीहरूसँग निरन्तर समन्वयमा छौँ। रोयल नेभीका प्रशिक्षित सदस्यहरू सधैं विमानसँगै छन्। विमान पूर्ण रूपमा सुरक्षित हातमा छ।”

केरलाको धावनमार्गमा एक्लै पार्क गरिएको एफ-३५बीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मानसुनको वर्षामा भिजेको यो जेटबारे प्रयोगकर्ताहरूले विभिन्न व्यङ्ग्य पोस्टहरू गरेका छन्।

एक पोस्टमा “४० लाख डलरमै बिक्रीको लागि उपलब्ध” भन्दै त्यसमा “नयाँ टायर, ब्याट्री र ट्राफिक उल्लङ्घनकर्ताहरूलाई नष्ट गर्ने स्वचालित बन्दुक” रहेको उल्लेख गरिएको छ।

एउटा प्रयोगकर्ताले जेटलाई भारतीय नागरिकता दिन सकिने टिप्पणी गरेका छन् भने अर्काले यसबाट भाडा उठाउनुपर्ने र कोहिनूर हीरालाई त्यसको मूल्य ठहरिनुपर्ने बताएका छन्।

केरला राज्यको पर्यटन विभागले पनि व्यङ्ग्यमा सहभागी हुँदै पोस्ट गरेको छ— “केरला, त्यो गन्तव्य जहाँबाट तपाईं कहिल्यै फर्कन चाहनुहुन्न।” पोस्टमा नारिवल रूखहरूको पृष्ठभूमिमा रोकिएको जेटको एआई चित्र प्रयोग गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa