Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको परोपकार धाम क्षेत्रको सरसफाई

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर–१ मा अवस्थित परोपकार धाम क्षेत्रको सरसफाइ गरिएको छ।

विगत दुई वर्षदेखि प्रत्येक शुक्रबार साँझ आरती कार्यक्रम सञ्चालन गर्दै आएको परमार्थ सिंघिया आरती सेवा समितिको अगुवाइमा शुक्रबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको हो।

महानगरपालिका, नेपाल प्रहरीलगायतको सहयोगमा गरिएको उक्त अभियानमा आरती स्थलसँगै सिघिंया नदीको किनारसमेत सफा गरिएको परमार्थ सिंघिया आरतीका प्रमुख संरक्षक शंकर खरेलले जानकारी दिए। उनका अनुसार, परोपकार धाम क्षेत्र दैनिक दाहसंस्कार गरिने स्थान भएकाले यहाँ नदी र आसपासमा फोहोर थुप्रिने समस्याले क्षेत्र कुरुप देखिन थालेको थियो।

“मनलाई शान्त बनाउन आउने भक्तजनहरूले स्वच्छ वातावरण अनुभव गर्न सकून् भन्ने उद्देश्यले हामीले सबैको सहयोगमा सरसफाइ गरेका हौं,” खरेलले भने।

प्रत्येक शुक्रबार साँझ हुने आरतीमा विराटनगरलगायत आसपासका जिल्लाबाट हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। शान्त, स्वच्छ र आध्यात्मिक वातावरणमा आरतीको अनुभूति दिलाउने उद्देश्यले समितिले समय–समयमा यस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka