Premier Cables
Premier Steel

विराटनगर

कार्यपालिका सदस्य निधनको शोकमा विराटनगर महानगरपालिका बिदा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न १:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा आज महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

सभामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महानगरका महाशाखा र शाखा प्रमुखहरू, कर्मचारीहरू लगायतको उपस्थिति थियो।

बिज्ञापन

महानगरको हलमा आयोजित श्रद्धाञ्जली सभामा निवंगत कार्यपालिका सदस्य साहका बारेमा चर्चा गरिएको थियो।

मेयर कोइरालाले साहको निधनपछि महानगरका लागि उनीको अभाव सधैं रहने बताउँदै, निवंगत आत्माको चिरशान्तिको कामना गरे। उनले साहलाई अत्यन्त सरल र जनताको कामप्रति सधैं सक्रिय रहने व्यक्ति भनेर स्मरण गरे।

वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादवले पनि साहको योगदान र व्यक्तित्वको बारेमा विशेष चर्चा गर्नुभएको थियो। कार्यपालिका सदस्य सञ्जीवकुमार साहको निधन यही असार १३ गते शुक्रबार हृदयघातका कारण भएको थियो।

शोकसभापछि विराटनगर महानगरपालिका कार्यालय बिदा दिइएको मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नोविदत श्रेष्ठले जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka