Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

सिटी चालकले लाइसेन्स लिँदा परीक्षा दिन नपर्ने, ट्राफिक प्रशिक्षण भने अनिवार्य

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले सिटी रिक्सा चालकलाई सवारी चालक अनुमति पत्र दिन सहज व्यवस्था गरिदिएको छ । प्रदेशका सिटी चालकले लाइसेन्स लिन अब लिखित परीक्षा दिन नपर्ने भएको छ । कोसी मन्त्रिपरिषद्ले यसबारे नियमावली बुधबार स्विकृत गरेको हो । लिखित परीक्षा नदिए पनि चालकहरुले ट्राफिक नियम प्रशिक्षण लिन अनिवार्य गरिएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ । यो नियमावली स्वीकृत भएसँगै यातायात क्षेत्रमा रहेको विकृति विसंगति नियन्त्रण गर्न सजिलो हुने भन्दै बाउँदै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भने,‘नियमावली कार्यान्वयनमा गएपछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता प्रक्रिया, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने आशा गरेका छौं ।’

बिज्ञापन

सार्वजनिक सवारी साधनहरूले पञ्जीकृत हुनु नपर्ने व्यवस्था लगायतको विषयलाई समेटेको जानकारी दिएका छन् । बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने ‌ बनेको विधेयक २०८२, प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी सामाजिक संघसंस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस स्वीकृति दिइएको छ। त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka