Premier Cables
Premier Steel

विराटनगर

सिटी रिक्सा व्यवस्थापन नहुँदा विराटनगरमा बढ्यो ट्राफिक जाम

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले नो-पार्किङ क्षेत्रको निगरानीको जिम्मा नगर प्रहरीलाई दिएको भए पनि राजनीतिक दबाबका कारण नियम कार्यान्वयनमा बाधा पुगेको छ। परिणामस्वरूप अहिले सिटी रिक्साका कारण मुख्य सडकहरूमा ट्राफिक जाम बढ्दै गएको छ।

बिहान र बेलुका कार्यालय समयको भीडमा मेनरोडदेखि जलजालमोडसम्म घण्टौंसम्म ट्राफिक जाम लाग्ने गरेको स्थानीयको गुनासो छ। प्रमुख समस्या अनियन्त्रित रूपमा सञ्चालन भइरहेका सिटी रिक्सा भएको जनाइएको छ।

बिज्ञापन

सिटी रिक्सा विशेषतः निम्न आय वर्ग र वैदेशिक रोजगारबाट फर्केका युवाले सञ्चालन गर्दै आएका छन्। त्यसैले ट्राफिक व्यवस्थापन गर्दा उनीहरूको रोजगारीमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझावसमेत सार्वजनिक भइरहेको छ।

यस्तो अवस्थालाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अभियान चलाउनुपर्ने माग उठिरहेको छ। यसका लागि महानगर र ट्राफिक प्रहरीबीच समन्वय जरुरी देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka