Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी पर्यटन वर्ष २०८२ : हावादारी बन्यो मुख्यमन्त्रीको घोषणा, विनियोजित बजेट ‘फ्रिज’ !

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, असार ११, २०८२  | बिहान ६:३९ बजे

विराटनगर । कोसी सरकारले घोषणा गरेका अधिकांश कार्यक्रमहरु असफल हुने गरेकोमा त्यसको पछिल्लो उदाहरण हो, कोसी पर्यटन वर्ष २०८२ । नयाँ वर्ष शुरु हुनु अगावै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बडो उत्साहका साथ पर्यटन वर्ष घोषणा गरेका थिए । तर, कार्यान्वयन गर्ने विधि र ढंग पुर्याउन नसक्दा कोसी पर्यटन वर्षसमेत लथालिङ्ग बन्न पुग्यो ।

संघीय सरकारले समेत गर्न नहकेको १६ लाख पर्यटक भित्र्याउने मुख्यमन्त्रीको भनाइलाई त्यसबेलै ‘हावा’ करार दिइएको थियो, हुनपनि त्यस्तै भयो ।

बिज्ञापन

चालु आर्थिक वर्षको लागि घोषणा गरेको कोसी पर्यटन वर्ष लथालिङ्ग त भयो नै यसको व्यवस्थापन र कार्यान्वयन जग हँसाईको पाटो पनि बन्यो । बजेट हाल्ने तर आफूअनुकूल खर्च गर्न नपाउँदा कार्यक्रम नै असफल हुने उदाहरणको रूपमा पर्यटन वर्ष बन्न पुग्यो ।

भएको छ । उद्घाटन गर्नेबाहेक अन्य कुनै काम गर्न नसकेपछि बजेटसमेत ‘फ्रिज’ हुन पुगेको छ । सरकारले पर्यटन वर्ष मनाउन भनेर १० करोड रुपैयाँ बजेट छुट्याएको थियो । आगामी आर्थिक वर्षको लागि पनि त्यति नै बजेट विनियोजन भएको छ । तर, बांकी अवधिमा यसको कार्यान्वयनका विषयमा अनेक प्रश्न उठेका छन् ।

सुनसरीको कोसी गाउँपालिकामा सरोकारवालाको छलफल र तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा उद्घाटनबाहेक थप कार्यक्रम हुन नसकी यो आर्थिक वर्षमा गतिविधिविहीन हुन सकेन । कोसी गाउँपालिकामा स्थानीय तहसँग समेत समन्वय नगरी पर्यटन वर्षको कार्यक्रम गरिएको थियो । यसमा स्थानीय तहले अपनत्व ग्रहण गर्न सकेनन् ।

यस विषयमा प्रदेशसभामा सत्तासीन दल नेकपा (एमाले)का सदस्यले नै सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले कोसी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले सभाको बैठकमा पर्यटन वर्षको असफलताबारे प्रश्न उठाए ।

“कोसी प्रदेश पर्यटन वर्ष मनाउने तयारी गरिएको छ । तर, तयारी गरिरहँदा स्थानीय तहसँग कति समन्वय हुन सक्यो ? अब यो पर्यटन वर्षका कार्यक्रम कसरी बढ्छ ? मूलतः प्रदेशका लागि गौरवको विषय हो । तर, बजेटमात्र खर्च गर्ने र मनाउने हो भने औचित्य हुँदैन,” उनले भने, “स्थानीय तहसँग समन्वय र सहकार्य गरेर त्यहाँका नीति तथा कार्यक्रम अनि बजेटमा कति समावेश गर्न सकियो ? माघ फागुनको हिउँदे सभामा रकमान्तर गरेर वैशाख, जेठ र असारमा पनि गरियोस् भनेर भनेको थिएँ । तर, कोसी गाउँपालिकामा कार्यक्रम गर्दा गाउँपालिका महासंघको अध्यक्षले समेत थाहा पाएनन् ।”

बस्नेतले निजी र अन्य क्षेत्रसँग समन्वय गरेमात्र सफल हुने भन्दै प्रदेशले आफ्नो बजेटमात्र खर्च गर्ने गरी काम गर्न खोजे असफल हुने बताए । वन तथा पर्यटन मन्त्रालय र सिंगो सरकारले यसमा ध्यान दिनुपर्ने बस्नेतको जोड थियो । पर्यटन वर्षको शुभारम्भ भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतबाट आउने गाडीमा स्टिकर टाँस गरेका थिए । तर, कतिपय सीमानाकामा अहिले स्टिकर टाँस्न छाडिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेतीले पर्यटन क्षेत्रलाई नै ध्वस्त बनाइएको बताउँदै भने, “सरकारले सच्चिएर अघि बढ्नुपर्छ ।”

कोसी प्रदेश सरकारले तामझामसाथ २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको थियो । ‘रमणीय कोसी’ भन्ने नारा तयार गरिएको थियो । यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाइएको थियो । तर, कति पर्यटक आए भन्ने कोसी सरकारसँग तथ्यांक छैन ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार, पर्यटन पूर्वाधार र अन्य पर्यटनसम्बन्धी गतिविधि गर्ने भनेर विनियोजित शीर्षकका बजेट समेत खर्च हुन सकेन । २०८२ सालका लागि ८२ स्थान छनोट गरेर पर्यटन वर्ष घोषणा गरिएको थियो । नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘हाइलाइट’ गरिएको थियो ।
उद्घाटननमै सत्तासीन र विपक्षी दलको असन्तुष्टि
तेह्रथुममा नफुलेको गुराँसका बोटमा दमकलले पानी हालेको विषयमा त्यसबेला नै टिकाटिप्पणी भएको थियो । उद्घाटनमा प्रधानमन्त्री आउने घोषणा गरियो तर उपप्रधानमन्त्री आए ।‌ कांग्रेसका धेरै सांसद कार्यक्रममा सहभागी नै भएनन् ।

विपक्षी नेकपा माओवादीका सांसदले सार्वजनिक रुपमै कार्यक्रम र त्यसको कार्यान्वयनको विषयमा प्रश्न उठाए । सदनमा समेत पर्यटन वर्षको विषयमा सरकारसँग जवाफ मागियो । पर्यटन मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरेको कार्यक्षमता माथि प्रश्न उठाइयो ।‌

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka