Premier Cables
Premier Steel

स्वास्थ्य

विराटनगरकाे नाेबेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ।

इलाम घर भई झापाको बिर्तामोडमा बसोबास गर्दै आएकी ३९ वर्षीया लामा थरकी महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए। उनका अनुसार ती महिलालाई बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो।

बिज्ञापन

राईका अनुसार भर्ना गरिएलगत्तै आकस्मिक कक्षमै महिलाको मृत्यु भएको हो। “उपचार सुरु गर्न नपाउँदै उहाँको ज्यान गयो,” उनले भने।

मृतक महिलामा श्वासप्रश्वासमा गम्भीर समस्या र ज्वरो देखिएको थियो। सोमबार झापास्थित बिर्ता सिटी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि विराटनगर ल्याइएको थियो।

शव व्यवस्थापनका लागि इलाम प्रहरीसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

उनले पछिल्लो समय कोरोना संक्रमण फेरि देखिन थालेकाले सबैले सावधानी अपनाउनुपर्ने सुझाव दिइन्। साथै, संक्रमणविरुद्ध जनचेतना फैलाउन प्रहरीले सक्रियता बढाएको उनले बताइन्।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलका अनुसार हालसम्म प्रदेशभर ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये झापाका ४ जना, मोरङ र इलामका २–२ जना छन्।

“संक्रमण फाट्टफुट्ट रूपमा देखिन थालेको छ। त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले विभिन्न सावधानीमूलक कदम चालेको छ,” खरेलले भने।

उनका अनुसार स्वास्थ्य संस्थाहरूलाई ‘अलर्ट’ गरिसकिएको छ र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ। “सावधानी नै अहिलेको सबभन्दा प्रभावकारी उपाय हो,” उनले जोड दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka