Premier Cables

अर्थ

कोशी प्रदेशमा लगानी सम्मेलन सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १८, २०८२  | अपराह्न २:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यस सम्मेलनमा लगानीकर्ता र निजी क्षेत्रलाई प्रदेश सरकारको समर्थन र सहजीकरणको प्रतिबद्धता व्यक्त गरियो।

विज्ञापन

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन कार्यक्रममा प्रदेश सरकार निजी क्षेत्रको वारेस बन्न तयार रहेको घोषणा गरे। उनले प्रदेशमा लगानीलाई सुरक्षित बनाउन र प्रक्रियागत झन्झट हटाउन विभिन्न ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए। साथै, प्रदेश सरकारका कार्यहरु छिटो र प्रभावकारी रुपमा सम्पन्न गर्न संघीय सरकारसँग समन्वय गर्न तयार रहेको पनि उल्लेख गरे।

यस सम्मेलनमा कोशी प्रदेशको आर्थिक सम्भावनालाई उजागर गर्दै ८ वटा क्षेत्रका ७१ परियोजनाहरु प्रदर्शन गरिएका छन्।

परियोजनाहरु एक वर्षसम्म निजी क्षेत्रसँगको छलफल र सहकार्यपछि चयन गरिएको प्रदेश सरकारद्वारा जानकारी दिइएको छ।

प्रदेश सरकारको यस्तो पहललाई निजी क्षेत्रले सकारात्मक रुपमा स्वागत गरेको छ। लगानीकर्ताहरुले पनि प्रदेशमा व्यवसाय विस्तारका लागि वातावरण अनुकूल हुने आशा व्यक्त गरेका छन्।

दुई दिनसम्म चल्ने यस सम्मेलनले कोशी प्रदेशमा आर्थिक विकास र लगानीको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka