Premier Cables
Premier Steel

विराटनगर

विराटनगरकी नर्स लक्ष्मीकुमारी मण्डल मृत्यु प्रकरण : हत्या भएको परिवारको दाबी

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ८:०४ बजे

विराटनगर । विराटनगरमा कार्यरत एक जना नर्सको रहस्मय मृत्यु भएको छ । सप्तरीको महादेवा गाउँपालिका–२ की २४ वर्षीया लक्ष्मीकुमारी मण्डलको विराटनगरस्थित डेरामा भएको मृत्यु भएको हो ।

यो रहस्यमय भएको भन्दै परिवारले हत्या भएको दाबी गरेका छन् । परिवारले सत्यतथ्य बाहिर ल्याउन समेत माग गरेका छन् । उचित छानबिन हुनुपर्ने भन्दै उनीहरुले प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

बिज्ञापन

नोबेल टिचिङ अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत लक्ष्मी गत जेठ १२ गतेअस्पतालनजिकैको डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

प्रहरीले घटनास्थलमा सिलिङ फ्यानमा गम्छा र साडी प्रयोग गरेर बनाइएको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । तर परिवारले उक्त दाबी अस्वीकार गर्दै आएका छन् ।

मृतकका बाबु हनुमान मण्डलले छोरीलाई पहिले मारी झुन्ड्याइएको आरोप लगाएका छन् । ुघटनास्थलको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । उनका अनुसार छोरीको कोठामा रहेको ठूलो भेन्टिलेसनबाट कोही छिरेर हत्या गरेर आत्महत्या देखाउने शैलीमा झुन्ड्याइएको हुनसक्ने आशङ्का छ।

भाइ लवप्रकाश मण्डलले पनि घटनाको एक घण्टाअघि दिदीले बजारबाट तरकारी किनेको र उनीहरूसँग फोनमा कुरा गरेको बताए ।

घटना सुनियोजित भएको र शरीरमा नीलडाम, खुट्टामा कालोपन देखिएको दाबी गरे । लक्ष्मीका साथी रुबी चौधरीको फोनबाट मात्र उनीहरूले घटनाका बारेमा जानकारी पाएका थिए।

परिवारजनले प्रहरीको अनुसन्धानमा बेवास्ता भएको गुनासो गर्दै स्थानीय प्रशासन, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूसँग न्यायको लागि सहयोगको माग गरेका छन्।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङमा परेको हुँदा मोरङ प्रहरीसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन पहल गर्ने आश्वासन दिएका छन्।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka