Premier Cables
Premier Steel

समाचार

तीन ठाउँमा पहिराे खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान ९:४३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । लगातारको वर्षापछि पहिरो र बाढीका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

सोमबार रातिदेखि परेको भारी वर्षाले भोटेकोशी गाउँपालिकाको विभिन्न तीन स्थानमा पहिरो खसेकाे छ । यसले राजमार्ग सम्पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

गाउँपालिकाको वडा नं. २ को कोदारी, वडा नं. ३ को लार्चा र पुनः वडा नं. २ कै कोप्लाङमा पहिरो खस्दा राजमार्ग ठप्प बनेको हो। ती क्षेत्रका खोलामा बाढी आएको छ। पहिरो हटाउने काम जारी रहे पनि सडक सञ्चालनमा आउन समय लाग्ने देखिएको प्रहरीले जनाएकाे छ ।

सडक अबरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । सवारीसाधनहरू लामो लाइन लागेर रोकिएका छन्। सिन्धुपाल्चोक मात्र होइन, वर्षाले देशभरका केही प्रमुख राजमार्ग र सडकसमेत प्रभावित भएका छन्। ललितपुरको कान्तिलोकपथ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बिनयी खोलाको क्षेत्र र गुल्मीको कालिगण्डकी करिडोर पनि अवरुद्ध भएका छन्।

त्यस्तै, धनकुटाको रवि–राके–भेडेटार सडक र जुम्लाको जुम्ला–मुगु सडक एकतर्फी मात्र सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

विभागका अनुसार अवरुद्ध भएका सबै सडक पुनः सञ्चालनमा ल्याउन डोजरसहितको टोली परिचालन गरिएको छ। मौसममा सुधार आएसँगै सडक सञ्चालनमा ल्याउने प्रयास तीव्र पारिएको विभागले जनाएकाे छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka