Premier Cables
Premier Steel

विराटनगर

मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको नयाँ कार्यसमिति चयन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines

विराटनगर। मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार सम्पन्न १६औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेसँगै निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठले नेतृत्व हस्तान्तरण गरेका छन्।

नवगठित कार्यसमितिको अध्यक्षमा दिल्ली राम आचार्य चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू निम्नानुसार छन
उपाध्यक्ष मनोज बिक्रम शाह, सचिव जीवन पोखरेल, सह-सचिव रूपेश बराल, कोषाध्यक्ष रवि अग्रवाल, सदस्यहरू उत्क्रिस्ट भट्टाराई, गंगा प्रसाद शर्मा, राजेश कुमार भगत, प्रतीक थापा र शशि मोहन सिन्हा छन् । यसैगरी मनोनीत सदस्यहरू मनोज कुमार चौधरी र निशार अहमद छन् ।

संस्थाले हालको संघीय संरचनाअनुसार नाडा मोरङ अटोमोबाइल्स डिलर एसाेसिएसनका रुपमा कोशी प्रदेशभरि आफ्नो गतिविधि विस्तार गर्दै आएको छ। अटोमोबाइल्स क्षेत्रका व्यवसायीहरूको हक–हितको संरक्षण, व्यावसायिक वातावरणको प्रवर्द्धन तथा नीतिगत सुधारका लागि संस्था निरन्तर सक्रिय रहँदै आएको छ।

नयाँ कार्यसमितिले व्यवसायीहरूमाझ एकताको सन्देश फैलाउँदै आगामी दिनमा अझ सशक्त रुपमा संस्था अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka