






मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको १६औं वार्षिक साधारण सभाका अतिथिहरु ।
विराटनगर । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको १६औं वार्षिक साधारण सम्पन्न भएको छ । शनिबार कोसी प्रदेशक आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
एसोसिएसनका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती विशिष्ट अतिथि थिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी अतिथि थिए ।
एशोसिएसनका अध्यक्ष श्रेष्ठले २०५४ सालमा स्थापना भएको मोरङ अटोमोबाइल्स डिलर्स एसोशिएसनले अटोमोवाइल क्षेत्रमा आवद्ध भएका व्यवसायीहरुको हक हितका साथै उद्योग व्यवसाय क्षेत्रमा आफ्नो सक्रियता कायम राख्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
त्यसैगरी व्यवसायीक एकताकै कारण विगतका दिनहरुमा बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई मार पर्न गएको अवस्थामा नेपालमा सर्वप्रथम नाडाको समन्वयमा सातै प्रदेशमा एकैदिन, एकैसाथ, एकै समयमा चर्को व्याज विरुद्ध विरोध प्रर्दशन गरी सडक आन्दोलन गरेको समेत जानकारी गराउनु भयो ।
अध्यक्ष श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा पनि एशोसिएसनले आफ्नो सदस्य प्रतिष्ठानहरुको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न सरकारी निकायहरुमा प्रयास गदै आइरहेको, सरकारका सम्बन्धित निकाय तथा व्यवसायीहरु बीच पारस्पारिक हित तथा विश्वास बढाउन सदैव क्रियाशिल रहीरहेको, सरकारले ल्याएको नीति नियमहरुको समर्थन र कार्यन्वयनमा सहयोग गर्दै भिसितिएस, वस्तुहरुको इम्पोर्टमा इम्पोटरको विवरण तथा एक्जिम कोडसाथै आफ्नो सदस्य प्रतिस्ठानहरुको हक हितको लागि आवश्यक पर्दा जोडदार ढंगले आवाज उठाउँदै समस्या समाधानका लागि प्रतिबद्ध रहेको समेत जानकारी गराए ।
अटोमोबाइल क्षेत्रमा व्यवसाय गर्दा वस्तुको मुल्य रु. एक देखि सुरु हुने हुँदा हाल सरकारले प्रत्येक सामानमा एआरपी स्टिकर लगाउन अनिवार्य कार्यान्वयन गरेको हुँदा उक्त झन्झटिलो प्रक्रियाले व्यवसायीलाई झन मारमा पर्ने हुँदा सो सम्बन्धी कार्यान्वयनलाई सम्बिन्धत निकायले पुनः विचार गर्नुपर्ने समेत आग्रह गरे ।
त्यसैगरी अटोमोबाइल व्यवसायीले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगत गरी विभिन्न व्यवसायी क्षेत्रलाई टेवा पु¥याउने अभिप्रायले विविध किसिमका तालिम गर्दै आइरहेको र यसबाट ठूलो संख्यामा प्रशिक्षार्थीहरु लाभान्वित भई कार्यक्षेत्रमा समेत संलग्न रहेको हुँदा भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जाहेर गरे । कर, भन्सार तथा भिसीटिएस सम्बन्धित विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषय वस्तुमा सम्बन्धित निकायसँग समन्वय गरी त्यस विषयमा उठेका समस्यालाई समाधान गर्दै भविष्यमा यसलाई निरन्तरता दिने बताए ।
नेपालमा अटोमोबाइल क्षेत्र तीव्र गतिमा विकास हुँदै गइरहेको सन्दर्भमा विशेष गरी यातायात, पर्यटन र आर्थिक गतिविधिहरुमा यसले ठूलो योगदान पुर्याइरहेको हुँदा यस क्षेत्रलाई अझ विस्तार गर्नकालागि विद्युतीय गाडीहरुमा कर छुट, चाजिँङ्ग स्टेशनको विस्तार, निजी क्षेत्रलाई उपलब्ध गराउने चाजिङ्ग स्टेशनकालागि प्रर्याप्त विद्युत र सो सम्बन्धी शुल्क, सडकको विस्तार, नेपालमै विभिन्न ब्राण्डका गाडी एसेम्बल गर्नकालागि ल्याइने नीति तथा नियमलाई व्यवसायमैत्री बनाइनु पर्नेमा जोड दिए ।
त्यसैगरी विराटनगर भन्सार कार्यालयमा विगतका समय भन्दा हाल सेवा सुविधामा केही सहज भएता पनि साना तथा मझौला व्यवसायीहरुलाई सन्दर्भ मूल्य पुस्तिका र साफ्टा अन्तर्गत आयात गरिने वस्तुमा साफ्टा सुविधा प्राप्त गर्न केही बाधा भइरहेको हुँदा यसलाई जति सक्दो सहज र सरल बनाई दिन हुन समेत आग्रह गरे ।
सभामा संस्थापक एसोसिएसनका सदस्य प्रतिष्ठानका ईस्टर्न अटो डिस्ट्रिव्यटरर्स प्रा.लि.का संचालक प्रेम खड्का, पवित्र अटोपार्टस् ट्रेर्डका संचालक श्री महेश भट्टराईलाइ दोसल्लालाई सम्मान गरिएको थियो ।
त्यसैगरी मोरङ जिल्ला क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापनलाई सहज बनाई आम नागरिकलाई सहजता प्रधान गरी सवारी साधान संचालन गर्नमा सहयोग गर्नु हुने इमान्दार, लगनशील तथा कर्मठ ट्राफिक प्रहरीद्वय ट्राफिक प्रहरी हवल्दार श्री राम कुमार साह र ट्राफिक प्रहरी जवान श्री कमला कार्कीलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरेको थियो ।
त्यसैगरी यस एशोसिएसनको भवन निर्माण कार्यको पहिलो तल्ला निर्माण गर्न सहयोग गरेका नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल, सिप्रदी ट्रेडिङ्ग, एसटिसी ग्रुपका संचालक सुरेन्द्र कुमार उप्रेती, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र एशोसिएसनका अध्यक्ष संजय कुमार श्रेष्ठले सम्मान गरे ।
कार्यक्रम एसोसिएसनका सचिव मनोज विक्रम शाहले संचालन गरेका थिए । सभामा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, पूर्व अध्यक्ष तथा नाडाका केन्द्रीय सदस्य तोया खनाल, पूर्व अध्यक्ष राजेश भट्टराई, निवर्तमान अध्यक्ष सुभाष आचार्य, बाग्मती प्रदेशका प्रदेश अध्यक्ष कुल बहादुर क्षेत्री, नाडाका केन्द्रीय सदस्यहरु प्रकाश कपुरी, दिपेन्द्र कुमार मिश्र, नारायण पौडेल, केन्द्रीय सदस्य तथा हेटौडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ऋषि कुमार ढकाल, हेटौडा अटोमोबाइल्स एशोसिएसनका महासचिव दिपेन्द्र उप्रेती, ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्साल, इन्स्योरकाा प्रदेश प्रमुख विकास पन्थी, कार्यक्रम अधिकृत घनश्याम लिम्बु, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल लगायत विभिन्न संघ÷संस्थाबाट पाल्नु भएका पदाधिकारी तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।