Premier Cables
Premier Steel

समाचार

माछालाई छाडेको करेन्टले सुन्दहरैंचामा दम्पतीको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बू रहेका छन्।

मोरङ प्रहरीका अनुसार मदेली खोलाको पुलमुनी विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

पूर्णबहादुरले नजिकैको बिजुलीको पोलबाट तार जोडेर खोलामा करेन्ट प्रवाह गरेका थिए। करिब बिहान ९:४० बजे अचानक करेन्ट लाग्दा उनीहरू दुबै लडेका थिए।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ। साथै, खोलामा करेन्ट लगाएर माछा मार्न गैरकानुनी भएकाले यस्तो गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka