Premier Cables

समाचार

माछालाई छाडेको करेन्टले सुन्दहरैंचामा दम्पतीको मृत्यु

Calendar शनिबार, जेठ ३१, २०८२  | अपराह्न ३:५२ बजे

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।

मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बू रहेका छन्।

बिज्ञापन

मोरङ प्रहरीका अनुसार मदेली खोलाको पुलमुनी विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

पूर्णबहादुरले नजिकैको बिजुलीको पोलबाट तार जोडेर खोलामा करेन्ट प्रवाह गरेका थिए। करिब बिहान ९:४० बजे अचानक करेन्ट लाग्दा उनीहरू दुबै लडेका थिए।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ। साथै, खोलामा करेन्ट लगाएर माछा मार्न गैरकानुनी भएकाले यस्तो गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो