Premier Cables

अन्तराष्ट्रिय

अहमदाबादमा एयर इन्डियाको विमान क्र्यास, २४२ जना यात्रु थिए सवार

Calendar बिहिबार, जेठ २९, २०८२  | अपराह्न ३:१३ बजे

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ ।

भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।

बिज्ञापन

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।

दुर्घटनाको विवरण

एयर इण्डिया, B787 ड्रीमलाइनर विमान,
AI 171

सेक्टर: अहमदाबाददेखि लण्डन (ग्याटविक) एयरपोर्ट,
विमानले दिउँसो १:३८ बजे टेकअफ गरेको थियो र टेकअफ गरेको ५ मिनेटपछि मेघानी नगर भन्ने आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो।

मुख्य पाइलट: सुमित सभरवाल
सह-पाइलट: क्लाइभ कुन्दर

विमानमा २३० जना प्रौढ यात्रु र २ जना शिशु गरी जम्मा २३२ यात्रु थिए। क्रु : १० सदस्य + २ अन्य, कुल २४२ जना सवार थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो