






ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा नयाँ पाहुना भाले गैंडा माइला र पोथी गैंडा पूजालाई ल्याईएकोछ ।
चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिना उमेरको माइला र ३ वर्ष उमेरको पूजालाई नयाा सदस्यका रुपमा चिडियाखानामा ल्याइएको हो । अब यहा तीन वटा गैंडा हेर्न पाईने भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा २०८१ असोजमा बाघको आक्रमणबाट माउसंग बिछोडिएपछि टुहुरो बनेको माईलालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर सदर चिडियाखाना ल्याईएको चिडियाखानाका सिनियर क्युरेटर अशोक सुबेदीले बताए ।
माईलासंगै पोथी पुजालाई पनि सागै चिडियाखाना ल्याउने कार्यक्रम थियो । पूजा ट्रकभित्र रहेको खोरमा पस्न नमान्दा केही ढिलो गरि चिडियाखानामा ल्याइएको सुबेदीले बताए
करिब ३ वर्ष उमेर रहेको पूजा भने २०७९ मा बाघको आक्रमणबाट चितवन निकुञ्जमा माउसंग बिछोडिएर टुहरो बनेको थियो । पूजालाई पनि सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष -एनटएनिसीद्वारा संचालित ललितपुरस्थित सदर चिडियाखानामा रहेका दुई गैडामध्ये एउटा ६ महिना अघि विरामी भएर मृत्यु भएको थियो । त्यसपछि माईला र पूजालाई ल्याईएको हो । अहिले चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ ।