Premier Cables

विराटनगर

धेरै गर्मी बढेपछि विराटनगरका विद्यालय तीन दिनलाई बिदा दिइयाे

Calendar मंगलबार, जेठ २७, २०८२  | साँझ ७:१९ बजे

विराटनगर । अत्याधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय जेठ ३० गतेसम्मलाई बिदा दिएको छ ।

मौसममा सुधार आई गर्मी केही घटे तीन दिनपछि विद्यालय पुनः खुल्ने विराटनगर महागनरपालिकाले जनाएको छ । गर्मी बढेर आफ्ना छोराछोरीलाई स्कुल पठाउन कठिनाइ भएको अभिभावकले गुनासो गर्दै आएका थिए ।

बिज्ञापन

गर्मीका कारण विद्यार्थीको पठन पाठनमा समेत समस्या भएको छ । तीन दिनलाई विद्यालय बिदा दिइएको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले बताएका छन् ।

पानी परेर मौसम अनुकूल भए पुनः पठनपाठन सूचारु गरिने जानकारी दिएका छन् । गर्मीका कारण विराटनगरको जनजीवन अत्याधिक प्रभावित बनेको छ ।

सुनसरीको इनरुवा नगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । मनुसन शुरु भएपनि कोसी प्रदेशका विभिन्न जिल्लामा गर्मी भने कम भएकाे छैन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो