Premier Cables
Premier Steel

राष्ट्रिय

दुई भारतीयलाई गोली हानेर नियन्त्रणमा लिइयो

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, जेठ २७, २०८२  | साँझ ५:४४ बजे

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारको सूचनाका आधारमा दुई भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिइएको छ।

लागुऔषध कारोबारको गरेको सूचना पाएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।

बिज्ञापन

ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ ।

दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । यही समूहका दुई जनालाई भने लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले हिरासतमा रोखको छ ।

हिरासतमा रहनेमा १८ वर्षका भारतीय नागरिक सुमीतकुमार र भारतकै २५ वर्षीय चन्दनकुमार छन् । सुरुमा प्रहरीले दुई जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka