Premier Cables
Premier Steel

राष्ट्रिय

दुई भारतीयलाई गोली हानेर नियन्त्रणमा लिइयो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २७, २०८२  | साँझ ५:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारको सूचनाका आधारमा दुई भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिइएको छ।

लागुऔषध कारोबारको गरेको सूचना पाएपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिइएका दुई जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।

बिज्ञापन

ट्रमा सेन्टरमा उपचार हुनेहरूमा भारत पश्चिम बंगाल घर भएका ४० वर्षीय सशीक आलम र सोही ठाउँका १८ वर्षीय मोहमद मञ्जियार छन् । उनीहरू दुवै जनालाई घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार मञ्जियारलाई दुई र सशीकलाई एक गोली लागेको छ ।

दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । यही समूहका दुई जनालाई भने लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले हिरासतमा रोखको छ ।

हिरासतमा रहनेमा १८ वर्षका भारतीय नागरिक सुमीतकुमार र भारतकै २५ वर्षीय चन्दनकुमार छन् । सुरुमा प्रहरीले दुई जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa