Premier Cables
Premier Steel

खेलकुद

यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान १०:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा भारतको सामना गर्दैछ।

नेपाल र भारतबीचको खेल ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुनेछ।

विज्ञापन

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतपछि मंसिर २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।

नेपालले भारतविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka