Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

कोशी प्रदेश

प्रहरीलाई गाली गर्ने कोसी गापा अध्यक्ष अन्सारीले माफी मागे

Calendar सोमबार, जेठ २६, २०८२  | अपराह्न ३:५८ बजे

विराटनगर । प्रहरीलाई गालीगलौज गर्ने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले माफी मागेका छन् ।‌ आफूले गलत नियतले गाली नगरेको उनले बताएका छन् ।

प्रेस विज्ञप्ति मार्फत प्रहरी सङ्गठन माथि अपमान गर्ने गलत नियत नभएको प्रष्टपार्दै बोल्न नहुने शब्द बोलेकोमा आत्मालोचना गरेका हुन् ।

बिज्ञापन

अध्यक्ष अन्सारीले जेठ २३ गते शुक्रवार ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । सो विषयमा ड्युटीमा रहेका राष्ट्रसेवक कर्मचारीको काममा बाधा पुर्‍याएको, हुल हुज्जत र गालीगलौज गरेको र अभद्र व्यवहारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीको मनोबल गिराएको भन्दै प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेपछि अन्सारीले क्षमायाचना गरेका हुन् ।

प्रहरीले स्थानीयलाई सास्ती दिएको जनगुनासो आएपछि गाउँपालिका अध्यक्षको हिसाबमा घटनास्थल पुगेको उनले विज्ञप्ति मार्फत बताएका छन् ।

माहौल शान्त पार्ने क्रममा चर्काचर्की भएको बताउँदै उनले प्रहरी सङ्गठन प्रति गलत नियत नभई गलत गर्ने व्यक्तिप्रति लक्षित भएको स्पष्ट पारेका छन् । ‘प्रहरी सङ्गठन प्रति सम्मान छ ।
सो घटनाका क्रममा पदीय जिम्मेवारीमा रहेको म बाट बोल्न नहुने शब्द बोलिएको प्रति म स्वयम् आत्मालोचना गर्दछु,’ उनले भनेका छन् ।

घटनालाई राजनीतिक जीवन सँग नजोडी दिन अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

जेठ २३ गते शुक्रवार सुनसरीको कोशी गाउँपालिकामा को १ त ४९४३ नम्बरको ट्याक्टर ओभरलोड भएपछि प्रहरीले रोकेको थियो । कटान क्षेत्रमा खटिएका ट्राफिक प्रहरीका असई रामराज यादवले कारबाही गर्न खोजेपछि विवाद सुरु भएको हो ।

बाँस बोकेका सवारी छुटाउन भिड जम्मा गराएका उनले घटनास्थलमा पुगेर अपशब्द प्रयोग गर्दै जनताको लागि आफूले प्रहरीलाई कुट्ने समेत धम्की दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो