काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व, सोच र प्रतिबद्धताको प्रशंसा गरेका छन्।
नयाँ दिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्री बालेनमा नेपालको भविष्यप्रति स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता आफूले महसुस गरेको बताएका हुन्।
मोदीले बालेनको नेतृत्वमा नेपालले विकास र समृद्धिको नयाँ यात्रा अघि बढाउने विश्वास व्यक्त गरे। उनले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देश मिलेर काम गर्ने पनि बताए।
प्रधानमन्त्री बालेनले प्राप्त गरेको ऐतिहासिक जनमतले नेपालको युवा पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रतिबिम्बित गरेको मोदीको भनाइ थियो।
उनले नेपाललाई बलियो र समृद्ध राष्ट्र बनाउने यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता पनि व्यक्त गरे।
मोदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण निर्णयहरू अघि बढाइएको उल्लेख गर्दै आर्थिक सहयोग, विकास साझेदारी र आपसी सहकार्यलाई थप विस्तार गर्ने बताएका छन्।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा दुई देशबीच व्यापार, ऊर्जा, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भइरहेको छ।
