Premier Cables
Premier Steel

कोशी प्रदेश

राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने कोशीका खेलाडीलाई २ लाखसम्म पुरस्कार

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा स्वर्ण पदक जित्ने कोशी प्रदेशका खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ।

प्रदेश सरकारले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही २ लाख रुपैयाँ र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने भएको हो।

विज्ञापन

आइतबार इटहरीमा आयोजित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो घोषणा गरेका हुन्।

मुख्यमन्त्री कार्कीले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको बताए। उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारसँगै अन्य सेवा–सुविधा उपलब्ध गराउने पनि जानकारी दिए।

प्रदेश सरकारले उत्कृष्ट खेलाडीका लागि मासिक तलब तथा भत्ताको व्यवस्था गर्ने घोषणा समेत गरेको छ।

त्यस्तै, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पदक तालिकामा कोशी प्रदेश पहिलो भए ५ करोड रुपैयाँ र दोस्रो भए ३ करोड रुपैयाँ बराबरको पुरस्कार तथा प्रोत्साहन प्याकेज उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले बताएका छन्।

कोशी प्रदेशको पदक संख्या बढाउने लक्ष्यसहित प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु गरिएको हो। छनोट प्रतियोगिताबाट विभिन्न खेलका उत्कृष्ट खेलाडी चयन गरी राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गराइनेछ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा सुरु भएको छनोट प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीले मार्चपास गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka