Premier Cables
Premier Steel

राजनीति

मोदीलाई बालेनको उपहार: रुद्राक्ष, शालिग्राम र पशुपतिको चन्दन

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | अपराह्न १२:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार प्रदान गरेका छन्।

सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन उपहार दिएका हुन्।

विज्ञापन

प्रधानमन्त्री शाहले यी सामग्रीलाई कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई हस्तान्तरण गरेका थिए। उक्त उपहार सेट व्यक्तिगत रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री शाहलाई उपहार दिएका छन्। उनले बालेनलाई गंगाजल राखिएको घडा प्रदान गरेका थिए।

यसैबीच, नेपालस्थित भारतीय दूतावासमार्फत नभई प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मोदीलाई नेपालको तर्फबाट छुट्टै उपहारस्वरूप रातो मच्छिन्द्रनाथको प्रतिमा पनि प्रदान गरिएको छ।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान झल्काउने सामग्री उपहारका रूपमा प्रस्तुत गरेका छन्।

यसअघि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने परम्परा रहँदै आएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka