Premier Cables
Premier Steel

राष्ट्रिय

बिसन्चो भएपछि बालेन काठमाडौं फर्किए

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएका छन्।

रास्वपाका एक नेताका अनुसार बिहीबार (फागुन ७) बेलुका सुर्खेतमा रहेका शाह अस्वस्थ भएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो। स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर चिकित्सकीय जाँच र विश्रामका लागि उनी राजधानी फर्किएको जनाइएको छ।

बिज्ञापन

यसका कारण उनी दाङको कार्यक्रममा सहभागी नहुने भएका छन्। फागुन ८ मा घोराहीमा आयोजना गरिएको आमसभामा रास्वपाका सभापति रवि लामिछाने र बालेनले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। अब उक्त सभामा लामिछाने एक्लैले सम्बोधन गर्ने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ।

शाहको स्वास्थ्य अवस्थाबारे पार्टीले औपचारिक विज्ञप्ति जारी नगरे पनि ‘सामान्य अस्वस्थता’ का कारण कार्यक्रम स्थगित गरिएको बुझिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka