Premier Cables
Premier Steel

अपराध

मोरङ र सुनसरीमा लागूऔषधसहित सात जना पक्राउ

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | बिहान ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ र सुनसरीमा प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

मोरङको जहदा गाउँपालिका–८ सिसोबारी टोलस्थित एक जिर्ण घरमा लागूऔषधको ओसारपसार तथा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा घरभित्र शंकास्पद अवस्थामा रहेका चार जनालाई पक्राउ गरेको हो।

विज्ञापन

प्रहरीका अनुसार पक्राउ पर्नेमा जहदा गाउँपालिका–३ जयरामपुरका २४ वर्षीय मञ्जित कुमार यादव, कटहरी गाउँपालिका–३ का २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन्। उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ ग्राम ७२० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले थप तीन जनालाई ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका पैदलयात्रीलाई शंका लागेर खानतलासी गर्दा उनीहरूको मलद्वारमा लुकाइछिपाइ राखिएको लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ का १६ वर्षीय एक किशोर, सुनसरीको दुहबी नगरपालिका–८ का ३३ वर्षीय मनोज साह र इटहरी उपमहानगरपालिका–१७ का ३४ वर्षीय भक्तबहादुर परियार रहेका छन्।

उनीहरूको साथबाट क्रमशः १ ग्राम १३ मिलिग्राम, २ ग्राम ४० मिलिग्राम र १ ग्राम ४२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जिल्लामा पक्राउ परेका सातै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka