Premier Cables
Premier Steel

अर्थ बैंक तथा वित्त

कोसी सरकाद्वारा स्थानीय तहमा रू. १ अर्ब १० करोड सवारी साधन कर बाँडफाँट

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ २३, २०८२  | अपराह्न २:४१ बजे

विराटनगर। कोसी प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच बाँडफाँट गर्ने सवारी साधन करको हिस्सा र अनुमानित सीमाको विवरण स्थानीय तहमा पठाएको छ ।
संघीय बजेट आएसँगै प्रदेश सरकार बजेटको तयारीमा लागेको छ । त्यसपछि स्थानीय तहको बजेट आउने छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कोसी सरकारले प्रदेशका १३७ तहमा जाने सवारी साधन करको हिस्सा त्यस सम्बन्धी अनुमानित रकमबारे पत्राचार गरेको हो । आगामी आर्थिक वर्ष प्रदेशबाट स्थानीय तहमा कूल रु १ अर्ब १० करोड रुपैयाँ बाँडफाँट हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कोसीमा एक महानगर र दुई उपमहानगरले सबैभन्दा धेरै सावरी साधा करको हिस्सा पाउँदै आएका छन् ।

बिज्ञापन

प्रस्तुत विषयमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ (क) र प्रदेश वित्त व्यवस्थापन ऐन,२०७५ को दफा ३ बमोजिम प्रदेश र स्थानीय सरकारबीच बाँडफाँट सवारी साधन कर हुने व्यवस्था छ ।

कोसी मन्त्रिपरिषद्ले यसको अनुमानित सीमा स्वीक यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट चैत २७ गते सवारी साधन कर बाँडफाँटको हिस्सा सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गरेको थियो । प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच बाँडफाँट गर्ने सवारी साधन करको हिस्सा र अनुमानित सीमाको विवरण पठाइएको स्थानीय तहलाई जानकारी गराएका छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी संकलित राजश्व आयलाई प्रदेश र स्थानीय तह बीचमा बाँडफाँटको व्यवस्था गरेको छ ।

एकल प्रशासनअन्तर्गत सवारी साधन करको दर निर्धारण र संकलनको कार्य प्रदेशले गर्छ । विभाज्य कोषमा रहने संकलित रकमको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत स्थानीय तहलाई पठाउनु पर्छ । यस्तो रकम प्रदेशले स्थानीय तहको संचित कोषमा हरेक महिना पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

बाँडफाँटको आधार र ढाँचा आयोगले नै निर्धारण गरेर सिफारिस गर्दछ । प्रदेशस्थित यातायात कार्यालयहरुले सवारी साधन कर उठाउने गर्दछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka