Premier Cables

कोशी प्रदेश

कोशीका मन्त्री एकै पटक फेर्ने सहमति, पुराना हट्ने नयाँ आउने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | अपराह्न २:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशमा मन्त्रीहरू हेरफेर गर्ने विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको छ। कांग्रेसको काठमाडौंमा भइरहेको केन्द्रीय समितिको बैठक सकिनासाथ कोसीमा मन्त्रीमण्डल फेरबदल हुने तयारी गरिएको छ।

एमाले र कांग्रेसले एकै पटक सबै मन्त्री फेर्ने तयारी भएको हो ।

विज्ञापन

हाल कोसी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्। एमालेतर्फबाट रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की जिम्मेवारीमा छन्। कांग्रेसतर्फ भूपेन्द्र राईले भौतिक पूर्वाधार तथा स्वास्थ्य दुवै मन्त्रालय सम्हालिरहेका छन्। संस्थापनइतर डा. शेखर कोइराला समूहले मन्त्रालय लिन अस्वीकार गरेपछि राईले स्वास्थ्य मन्त्रालय पनि आफै सम्हाल्नु परेको हो।

कांग्रेसका खगेनसिंह हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा छन् भने सदानन्द मण्डलले पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरिरहेका छन्।

कांग्रेस संसदीय दलका एक सांसदका अनुसार पार्टी केन्द्रीय समितिले पनि कोसीमा मन्त्री हेरफेरको अनुमति दिइसकेको छ। उनका अनुसार अहिले रहेका सबै मन्त्री केही दिनमै परिवर्तन हुने सम्भावना छ।

दुवै दलबीच कात्तिकमै मन्त्री फेर्ने प्रारम्भिक सहमति भए पनि मुख्यमन्त्री कार्की कांग्रेसको औपचारिक निर्णय पर्खिरहेका थिए। “अब दुई दलको सहमतिमै एकैपटक सबै मन्त्री बदल्ने लगभग सहमति भइसकेको छ,” ती सांसदले भने, “यहाँ पनि यही विषयमा छलफल भएको छ, अब अन्तिम निर्णय मात्र बाँकी छ।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka