Premier Cables

अर्थ

नबिल बैंकको सिईओमा मनोज ज्ञवाली नियुक्त

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २२, २०८२  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको कामू सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले २२ जेठ देखि लागू हुने गरी सीईओको जिम्बेवारी दिएको हो ।

उनी यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) को रूपमा कार्यरत थिए। ज्ञानेन्द्र ढुंगानाको राजीनामापछि बैंकको सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी सुम्पिएको हो ।

विज्ञापन

२०३४ साल वैशाखमा दैलेख जिल्लाको ग्रामीण भेगमा जन्मिएका ज्ञवालीले भारतस्थित द इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका छन् ।

उनीसँग बैंकिङ, वित्तीय तथा अडिटिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेपछि उनले ग्लोबल आइएमई बैंकमा सात वर्ष विभिन्न जिम्मेवारीहरूमा कार्य गरे। त्यसपछि, ज्योति विकास बैंकमा दुई वर्ष डेपुटी सीईओ र दुई वर्ष सीईओको रूपमा नेतृत्व दिए ।

२०७७ साल साउन २१ गते नबिल बैंकमा नायब महाप्रबन्धक अर्थात डीजीएमका रूपमा प्रवेश गरेका ज्ञवालीले चार वर्षको अवधिमा चार पटक बढुवा पाउँदै सिनियर डीसीईओसम्मको पदमा पुगेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka