नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त निर्णयको पुष्टि गरेका हुन्।
सरकारले भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाएको हो। फिर्ता बोलाइएकामध्ये चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार परराष्ट्र मन्त्रालयले चैत २३ गते पत्राचार गर्दै एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको जनाएको छ।
