Premier Cables

राजनीति

कांग्रेसमा समानान्तर अधिवेशन : देउवा पक्षको वडा अधिवेशन आजदेखि

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएपछि शेरबहादुर देउवा पक्षले आजदेखि देशभर समानान्तर वडा अधिवेशन सुरु गर्ने भएको छ। पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा समूहले छुट्टै कार्यतालिकाअनुसार वडा तहबाटै अधिवेशन प्रक्रिया अघि बढाउन लागेको हो।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी निर्वाचन आयोगमा कार्यतालिका बुझाएको छ। उक्त कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।

विज्ञापन

अधिवेशनका लागि देउवा पक्षले विभिन्न जिल्लामा निर्वाचन अधिकृत र संयोजकसमेत खटाइसकेको जनाएको छ। वडा अधिवेशनबाट सुरु हुने प्रक्रिया क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै प्रदेश अधिवेशनसम्म अघि बढाइनेछ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने अडान देउवा पक्षले राख्दै आएको थियो। तर संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्दै छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको हो।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षबीचको विवाद थप सतहमा आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka