Premier Cables

विराटनगर

विराटनगर जेसीजद्वारा पत्रकारलाई ‘एआई फर न्युजरुम’ तालिम

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर जेसिजको आयोजनामा विराटनगरका पत्रकारहरुलाई एआई सम्बन्धी तालिम दिइएको छ ।

एआई फर न्युज रुम भन्ने थिममा तालिम केन्द्रीत थियो । नेपाल जेसीजका पूर्वअध्यक्ष फुलकुमार लालवानीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आईटी अनुज श्रेष्ठले सहजीकरण गरेका थिए ।

विज्ञापन

विराटनगर जेसीजका अध्यक्ष सफलजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरका ४० भन्दा धेरै पत्रकार सहभागी थिए । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले एआई टुल्सको सही सदुपयोगले खोजी पत्रकारितामा सहयोग पुग्ने बताए ।

यसैगरी महासंघका कोशी उपाध्यक्ष कुमोद अधिकारीले एआईले खोजी तथा अनुसन्धानसँगै समाचार कन्टेन्ट बनाउन सहयोग पुगेको बताए । जेसीज अध्यक्ष कार्कीले विराटनगर जेसीजको तालिम सप्ताह अन्तर्गत पत्रकारहरुको लागि सीपमुलक एआई तालिम आयोजना गरिएको बताए । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले प्रविधिको बढ्दो प्रयाेगलाइ सही रुपमा प्रयोग गर्नुपर्ने बताइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka