विराटनगर । यस वर्षको विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ लगायतका विविध अवसरसँग जोडिएको छ।
यही अभियानमा एक्सट्रीम इनर्जी ड्रिंग्सको सहभागिता केवल मुख्य प्रायोजनमा सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहनेछ।
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।
यस सहकार्यले एक्सट्रीम इनर्जी ड्रिंग्सलाई आफ्नो मूल भावनाका रूपमा रहेको “ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहस” लाई उद्यमशीलताको भावनासँग जोड्दै नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता र उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ।
एक्सट्रीम इनर्जी ड्रिंग्सका लागि यो केवल एक्स्पोको सहकार्य होइन-नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने बताइएको छ ।
