Premier Cables

विराटनगर

अर्किड कलेजमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी कार्यशाला

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | राती ९:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विद्यार्थीहरूमा वैज्ञानिक प्रयोगात्मक सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरस्थित अर्किड कलेजमा ‘खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी कार्यशाला ’ सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ।

कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा विद्यार्थीहरूले टेलिस्कोप ह्यान्डलिङ, सूर्य अवलोकन,स्टेलारियम एप्लिकेसनमार्फत खगोलीय अध्ययन, रोबोटिक्स तथा ड्रोन, प्लानेट ट्रान्जिट फोटोमेट्री लगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान हासिल गरेका थिए।

विज्ञापन

कार्यशालाका क्रममा विद्यार्थीहरूले टेलिस्कोपको प्रयोग तथा सञ्चालनसम्बन्धी जानकारी लिनुका साथै टेलिस्कोपमार्फत सूर्यको अवलोकन गरेका थिए। त्यस्तै, स्टेलारियम एप्लिकेसनको प्रयोग गरी विभिन्न खगोलीय पिण्ड तथा आकाशीय घटनाबारे अध्ययन गर्ने अवसरसमेत पाएका थिए। रोबोटिक्स तथा ड्रोनसम्बन्धी सत्रमा विद्यार्थीहरूले प्रविधिको निर्माण, सञ्चालन र प्रयोगका आधारभूत पक्षबारे जानकारी लिएका थिए।

कार्यक्रममा अर्किड कलेज का प्राचार्य मनिष भट्टराई, अध्यक्ष अमित ढकाललगायत शिक्षकहरुको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सक्रियताले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको कार्यक्रम संयोजक एलिस ढकालले बताएका छन्।

यस प्रकारका प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको वास्तविक वैज्ञानिक सिकाइसँग जोड्दै उनीहरूमा अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने प्राचार्य मनिष भट्टराईले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka