Premier Cables
Premier Steel

विराटनगर

अर्किड कलेजद्वारा ७ सय ८७ नवप्रवेशी विद्यार्थीलाई अभिमुखीकरण

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न २:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१०, संसारीमाईस्थानस्थित अर्किड कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूका लागि एकदिने भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायका गरी ७ सय ८७ जना नवप्रवेशी विद्यार्थी सहभागी भएका थिए। कलेज प्रशासनका अनुसार विज्ञान संकायमा ३ सय ५ जना तथा व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा ४ सय ८२ जना विद्यार्थी भर्ना भएका छन्।

बिज्ञापन

कार्यक्रममा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेका नैसिन प्रविण, दोस्रो भएका ओम कर्ण तथा तेस्रो स्थान प्राप्त गरेका प्रतीष पराजुलीलाई कलेजले सम्मानपत्रसहित पुरस्कृत गरेको हो।
अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल मनिष खनालले विद्यार्थीलाई केवल शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने लक्ष्यमा सीमित नरही असल व्यवहार, अनुशासन, संस्कार, नेतृत्व क्षमता तथा व्यावहारिक सीप विकासमा समेत ध्यान दिन आग्रह गरे। उनले गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणका कारण अर्किड कलेज पूर्वी नेपालको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको बताए।

उनले उच्च माध्यमिक तह जीवनको महत्वपूर्ण मोड भएकाले विद्यार्थीहरूले लक्ष्य निर्धारण गरी अध्ययनमा निरन्तरता दिनुपर्नेमा जोड दिए। कलेजले पाठ्यक्रममा आधारित अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास तथा करियर परामर्शलाई समेत प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो।
२०६५ सालमा स्थापना भएको अर्किड कलेज पूर्वी नेपालका अग्रणी शैक्षिक संस्थामध्ये एक मानिन्छ। विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेन्ट लगायतका विषयमा अध्ययन गराउँदै आएको कलेजले गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार तथा उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकहरूको विश्वास जित्दै आएको छ। 

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशी विद्यार्थीहरूलाई कलेजको शैक्षिक नीति, अनुशासन, अध्ययन प्रणाली, अतिरिक्त क्रियाकलाप तथा भावी योजना सम्बन्धी जानकारी गराइएको कलेजले जनाएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka