Premier Cables

अन्तराष्ट्रिय

अरब सागरमा भारत र पाकिस्तानी जहाज जुधे

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०१, २०८३  | साँझ ५:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । नयाँ दिल्लीले बुधबार इस्लामाबादका शीर्ष राजदूतलाई बोलाएर उत्तरी अरब सागरमा पाकिस्तानी र भारतीय नौसेनाका जहाजबीच टक्कर भएको घटनाप्रति कडा विरोध जनाएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रिय जल क्षेत्रमा भएको उक्त टक्करले कुनै ठूलो क्षति पुर्याएको छैन । यद्यपी भारतले यस घटनालाई पाकिस्तानी नौसेना एकाइको “अस्वीकार्य र अव्यावसायिक आचरण”को रूपमा वर्णन गरेको छ । जुन दुई पक्षले हस्ताक्षर गरेको सान्दर्भिक सम्झौताको प्रावधानको उल्लङ्घन भएको जनाइएको छ ।

विज्ञापन

पाकिस्तानका चार्ज डी अफेयर्सलाई यस्तो घटनाको पुनरावृत्ति रोक्नका लागि सबै सैन्य एकाइले उचित हेरचाह गर्न र दुई पक्षबिचको सान्दर्भिक सम्झौताका प्रावधानको सम्मान गर्न सम्बन्धित पाकिस्तानी अधिकारीलाई सूचित गर्न सल्लाह दिइएको मन्त्रालयले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka