Premier Cables

विराटनगर

हरिनगर गाउँपालिका अध्यक्ष अन्सारीलाई सांसद आशा झाको धम्की !

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | बिहान ९:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी मोरङ क्षेत्र नम्बर ५ की सांसद आशा झाले सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष हाजि गफार अन्सारीलाई लक्षित गरी फोन मार्फत आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएको छ

हरिनगरा गाउँपालिका ४ मा बसोबास गर्ने एक झा परिवार र सांसद आशा झाकी बहिनी बीच आपसी विवाद उत्पन्न भएपछि घटनाले थप विवादको रूप लिएको बताइएको छ उक्त विवादका क्रममा झा परिवारका निरज झाका बाबा लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र त्यसपछि निरज झाले सांसद आशा झालाई फोनको थियो

विज्ञापन

निरजसँगको फोन संवादका क्रममा सांसद झाले आफू निरजका बाबासँग नभई हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीसँग विवादमा रहेको आशय व्यक्त गर्दै म तिम्रो बाबासँग पंगा लिएको होइन, म गफारसँग पंगा लिएको हुँ यदि गफारको बाउको पावर छ भने तिम्रो बाउलाई निकालेर देखाओस् भन्ने अभिव्यक्ति दिएको प्रष्ट सुन्न सकिन्छ ।

यस घटनालाई लिएर सांसद झाले गाउँपालिका अध्यक्ष अन्सारीलाई व्यक्तिगत रूपमा लक्षित गरी धम्की तथा चरित्रमा आँच पुग्ने किसिमका शब्द प्रयोग गरेको छ । घटनाको विषय अहिले सुनसरी र मोरङमा चर्चाको विषय बनेको बताइएको छ।

यद्यपि, फोन संवादमा प्रयोग भएका शब्द तथा घटनाको वास्तविक परिस्थिति सम्बन्धमा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ ।

घटनाबारे अध्यक्ष गफार अन्सारीको पक्षबाट पनि थप प्रतिक्रिया आउन बाँकी छ। विवाद व्यक्तिगत विषयबाट सुरु भए पनि जनप्रतिनिधिबीच धम्कीपूर्ण अभिव्यक्ति प्रयोग भएको आरोप सार्वजनिक भएपछि यसले राजनीतिक तथा सामाजिक रूपमा समेत चासो बढाएको छ।

यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा तथा फोन संवादको प्रमाण सार्वजनिक भएमा घटनाको वास्तविकता थप स्पष्ट हुने देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka