Premier Cables

कोशी प्रदेश

कोशी प्रदेशका कर्मचारीकाे सात दिनको तलब रसुवा बाढी पीडितलाई

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्ले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने निर्णय गरेको छ। त्यसका लागि कोशी प्रदेशका सबै मन्त्री, सचिवालय तथा कर्मचारीको सात दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको छ।

प्रदेश सचिव दिवश आचार्यलाई प्रदेश लोकसेवा आयोगमा र आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाउने निर्णय गरेको छ।

विज्ञापन

बैठकले मन्त्रिपरिषद्को बैठकले उत्पादित वस्तुको निर्यातसम्बन्धी कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णयसमेत गरेको छ। यस्तै, न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाउने निर्णय गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka