Premier Cables
Premier Steel

कोशी प्रदेश

बाढी-पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले एक लाख राहत दिने

गरघ निर्माणमा सहयोग गरिने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | बिहान ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेश सरकारले हालैका बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई प्रारम्भिक राहतस्वरूप प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेशको इलाम जिल्लामा सबैभन्दा धेरै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, मृतकका परिवारलाई प्रारम्भिक राहतका साथै घर पुनर्निर्माण र मर्मतका लागि थप सहयोग पनि प्रदान गरिनेछ।

बिज्ञापन

मन्त्री भण्डारीले भने, “प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायहरूसँग समन्वय गर्दै राहत र उद्धार कार्यलाई अघि बढाइरहेको छ। प्रभावित जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा सहायता पु¥याइँदैछ।”

उनले थपे, “विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अवस्थामा छौं। प्रदेश सरकारसँग रहेका विपद् सामग्रीहरू सुरक्षा निकायलाई उपलब्ध गराइएको छ।”

यसैबीच, मन्त्री भण्डारीले कोशी प्रदेशका कर्मचारीसहित कोशी ब्यारेजको निरीक्षणसमेत गरेका छन्। आन्तरिक मामिला मन्त्रालयले समन्वयको नेतृत्व गरिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka