Premier Cables

अन्तराष्ट्रिय

ट्रक पल्टिएपछि २५ करोड मौरी भागे !

Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न ३:२१ बजे

लस एन्जलस । मौरी बोकेको ट्रक दुर्घटना हुँदा २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरुलाई मौरीको झुन्डबाट जोगिन आग्रह गरेको छ । अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो ।

ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरु एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।

बिज्ञापन

क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरुले सफाइका लागि काम गरिरहँदा सडकहरु बन्द गरिएको छ ।

पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरुले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरुलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् । एएफपी

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो