Premier Cables

विराटनगर

हिमगिरी हाइजीनद्वारा बाढी पीडितका लागि ७० लाख बराबरको हाइजीन सामग्री सहयोग

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | साँझ ५:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भोटेकोशी र त्रिशूली क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि हिमगिरि हाइजीन लिमिटेडले रु. ७० लाख बराबरको व्यक्तिगत तथा घरायसी सरसफाइ (हाइजीन) सामग्री सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित उद्धारको कामना गरिएको छ।

विज्ञापन

आपत्कालीन अवस्थामा सरसफाइको अभावका कारण सम्भावित सरुवा रोग तथा संक्रमण फैलिन नदिन सो सहयोग महत्वपूर्ण हुने कम्पनीको भनाइ छ। राहत स्वरूप प्रभावित परिवारहरूलाई साबुन, डिटर्जेन्ट तथा अन्य अत्यावश्यक सरसफाइ सामग्रीहरू उपलब्ध गराइनेछ।

कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कठिन घडीमा सधैँ प्रभावित नागरिकहरूको साथमा रहने प्रतिबद्धता जनाएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाको काममा अहोरात्र खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सबै निकायप्रति कम्पनीले हार्दिक सम्मान व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka